टीआरसीमा पीडितले न्याय नपाउने खतरा : राष्ट्रपति ओली


काठमाडौँ, फागुन ८ गते ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले तत्काल शान्ति प्रक्रियाभित्रै सङ्क्रमणकालीन न्याय गर्न चाहेको बताउनुभएको छ । मंगलबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्याय सम्पन्न भएपछि पीडितलाई न्याय हुने गरी मात्रै पूरा गर्नुपर्ने बताए । उनले पीडकलाई सजाय घटाउने मात्रै नभई कति हुन्छ भन्ने पनि स्पष्ट हुनुपर्ने बताए ।

‘हामी संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहान्छौ । यो टुंग्याउदा अव फेरि पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकाप मन्जुर छौ भनेर होइन, उनीहरूको पीडालाई न्याय दिएर अथवा पीडित मैत्री ढंगले यस समस्याको समाधान हुनुपर्छ’, ओलीले स्वेच्छाचारी ढंगले सजाय घटाउने कुरा उपहास मात्र हुने बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंग्याउने नाममा पीडितलाई थप पीडा दिने सम्भावना रहेको पनि बताए । ‘किनभने त्यस वेलाका विद्रोहीको तर्फबाट पीडा दिने समूहको एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उता, हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुर गठबन्धनमा हुनुहुन्छ । दुवै पीडक राज्यमा सञ्चालनमा छन् । आफ्नो स्वार्थमा काम गर्न खोज्छन्’, उनले आशंका व्यक्त गर्दै भने, ‘हिजो म प्रधानमन्त्री हुँदा यो विषय टुङ्ग्याउन चाहेको थिएँ । तर प्रचण्डजी र शेरबहादुरजी सहमत हनुभएन ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको