कांग्रेस उपसभापति खड्काको प्रतिवेदनबाट हट्यो गठबन्धनको विषय


काठमाडौँ, फागुन ८ गते ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबारे पुरानो धारणा बदलेका छन् । मंगलबार बिहान ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नीति प्रतिवेदन बुझाउँदै गठबन्धनको विषयमा मौन बसेका हुन् ।

चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने लामो रस्साकस्सीपछि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार मध्यरातमा गठबन्धन गर्न नहुने थापाको प्रस्तावमा सहमति जुटेको थियो।

थापाको प्रस्तावमा कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सहमति जनाएपछि उपसभापति खड्काले राजनीतिक दस्ताबेजहरूमा एकरूपता दिने आफ्नो भनाइबाट गठबन्धनको विषय हटाएका थिए ।

यसअघि केन्द्रीय कमिटी बैठकमा यो प्रतिवेदन पेस गर्दै उनले अब दलहरुले गठबन्धन बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका थिए।

कांग्रेसले राजनीतिक स्थिरतासहित लोकतन्त्रका लागि आवश्यक नीति तय गर्नेछ । नेपालले मिश्रित निर्वाचन प्रणाली अपनाएकाले संसदमा कुनै पनि दलले एकल बहुमत ल्याउने सम्भावना न्यून छ,’ केन्द्रीय समिति बैठकमा खड्काले प्रस्तुत गरेको नीतिगत प्रस्तावमा ‘अस्थिरता आउन सक्ने अवस्थालाई ध्यानमा राखी’ भनिएको छ । विगतको अनुभव र सरकार गठनका लागि पनि गठबन्धन बनाउनुपर्ने बाध्यता छ । पाठ सिक्दै आवश्यक नीति तय गरिनुपर्छ। तर मंगलबार महासमिति बैठकमा पेस भएको प्रस्तावमा यो अंश छैन।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको