काठमाडौँ फागुन ६ गते ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार मुद्दामा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध विशेषसमक्ष ११ करोड १९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी लिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नरहरि रेग्मीले बताए ।
श्रोत रातोपाटी











