काठमाडौँ फागुन ६ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् । उनले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी कारबाही गर्ने बताए ।
दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।
आइतबार संसद बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले पनि प्रश्न उठाएका थिए । सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर चुप बसेको आरोप लामिछानेले लगाएका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिने र चुप बस्नु गलत भएको बताए । छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’
आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’
श्रोत onlinekhabar











