
काठमाडौँ फागुन ५ गते ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ ।
नट स्ट्राइकर एण्डमा रहेका नोआ क्रसलाई कुशल मल्लले आफ्नै बलमा रनआउट गरेका छन् ।
स्कट एडवर्ड्सले प्रहार गरेको बल कुशलको हातमा लागेर स्टम्पमा ठोक्कियो । त्यतिबेला क्रश अलि अगाडी बढेर रनआउट भएको थियो ।
यसअघि ललित राजवंशीले २ र सोमपाल कामीले १ विकेट लिए भने नेदरल्याण्डका ओपनर म्याक्स ओडाउड रनआउट भएका थिए।