फागुन ५ गते ।
नेपालले नेदरल्याण्डविरुद्ध चौथो सफलता हात पारेको छ । २० औं ओभरमा नेपालले चौथो विकेट लिन सफल भयो ।
२७ रन बनाएका बास डी लिडे ललित राजवंशीले बोल्ड गरे । यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टको विकेट लिएका थिए ।
छैटौं ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रनआउट भए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएर माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।
आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्याण्ड्सले १९.३ ओभरमा ४ विकेट गुमाएर ६७ रन बनाएको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायोको थियो ।









