काठमाडौं, फागुन ५ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई दबाबमा पारेको छ ।
पहिलो पावरप्ले अर्थात् १० ओभरको अन्त्यमा नेदरल्यान्ड्सले २ विकेट गुमाएर २८ रन बनाएको थियो ।
खेलको तेस्रो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जब नेदरल्याण्डले खाता खोल्न सकेको थिएन ।
नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रनआउट भए । टिमले २८ रन बनाएपछि उनी १० व्यक्तिगत रनमा आउट भएका थिए ।
श्रोत onlinekhabar











