ट्रेलर सार्वजनिकपछि उत्साहित रेखा थापा भन्छिन्- ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’


काठमाडौँ, फागुन ४ गते ।

रेखा फिल्म्स र कपनगढी सिनेमाज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार रेखा थापाले ट्रेलर रिलिजपछि निकै सकारात्मक प्रतिक्रिया आएको बताइन् । उनले अहिलेको प्रतिक्रिया नेपाली चलचित्र क्षेत्रको अहिलेको प्रवृत्तिभन्दा नितान्त फरक कथा भएको बताइन् । उनले भनिन्, ‘तपाईहरुले ट्रेलर हेरेर थाहा पाउनुभयो होला । धेरैले ट्रेलर हेरेपछि फिल्ममा फरक आएको प्रतिक्रिया दिनुभएको छ । तपाईंले परिवर्तन भएको महसुस गर्नुभएको छ।

थापाका अनुसार वर्तमानमा प्रेम कथासँगै सामाजिक घटनाहरू रहेकाले किशोर किशोरीदेखि बृद्धबृद्धाले पनि हेर्न सक्ने कथा छन् । नेपाली चलचित्र क्षेत्रमा सबै उमेर समुहलाई समेटेर कुनै पनि चलचित्र नबन्दा उपर सबै उमेर समुहका लागि उपयुक्त चलचित्र भएको उनको दाबी छ ।

घटनाहरू फरक भए पनि युवाहरू चलचित्र हेरेर भरपुर मनोरञ्जन गर्छन् । साँचो प्रेम कस्तो हुनुपर्छ भन्ने पात्रले दर्शाउँछ । हाम्रो समाज वा समुदायमा ३० वर्ष नाघेका मानिसहरू प्रेम कथा हेर्न रुचाउँदैनन्। उहाँहरुको लागि उपहार एक उपयुक्त चलचित्र हो। हामीले संयुक्त परिवारमा हेर्न सकिने चलचित्र बनाएका छौं ।

ज्ञानेन्द्र देउजाले निर्देशनमा बनेको चलचित्र फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा छ । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

श्रोत केन्द्रबिन्दु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको