माओवादी केन्द्रको संसद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित, शीर्ष नेताहरु छलफलमा


काठमाडौं, फागुन ३ गते ।

नेकपा माओवादी केन्द्रको व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी व्यवस्थापिका–संसद्को बैठकमा २० वटै समूहले सुझाव पेस गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्ने विषयमा आधिकारिक तहमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

पदाधिकारी बैठकको समापनका आधारमा राष्ट्रपति प्रचण्डले सम्बोधन गर्ने उनको भनाइ छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको