नेपालको गयो पाँचौं विकेट, कुशल मल्ल आउट


काठमाडौं, फागुन ३ गते ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

कुशल १९.५ ओभरमा १५ रन बनाएर आउट भएका हुन् । उनी आउट हुँदा नेपालको स्कोर ६७ रन मात्रै भएको छ ।

कप्तान जेरार्ड एरास्मसको बलमा कुशल मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् । कुशललाई आउट गर्न, जेरार्ड रणनीतिक रूपमा अफ स्पिन बलिङ आफैं अफ स्पिन बलिङ लिएर आएका थिए ।

यसअघि कप्तान रोहित कुमार पौडेललाई ज्याक ब्रासेलले चौथो विकेटका रूपमा बोल्ड गरेका थिए । उसले १० बलमा इनसाइड एजबाट आउट भएपछि खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन जोड्न सकेनन् ।

एकदिवसीय क्रिकेटमा डेब्यु गरेका यु–१९ टिमका खेलाडी ब्रासेलले पनि ३।५ ओभरमा ओपनर आसिफ शेखलाई आउट गरेका थिए । ज्याक ब्रासेलको मिडअनमा जेजे स्मिथले आसिफ सिलीलाई सजिलै क्याच आउट गरेका थिए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई ८ रनमा गुमाएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको