
जनकपुरधाम, महोत्तरी, माघ २८ गते ।
बर्दिवासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा ५६ जनाले रक्तदान गरेका छन् । ब्लड फर नेपाल परियोजना र कलेजको सहकार्यमा १४ महिलासहित ५६ जनाले रक्तदान गरेका हुन् ।
ब्लड फर नेपालका सदस्य ईन्द्रजित महतोले संयोजन भएको रक्तदान कार्यक्रममा महोत्तरी क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको प्रमुख अतिथि र बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री विशेष अतिथि थिए ।
रक्तदान कार्यक्रममा युवा नेता शंकर महतो, स्थानीय युवा, भलभलाआदिमी, कलेजका विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक अजयकुमार यादव थिए ।
ब्लड फर नेपालले रक्तदान तथा रक्त सचेतनाका कार्यक्रम गर्दै आएको छ ।