महिलाले छोराछोरीको हत्या गरी आत्महत्या गरेको आशंका


काठमाडौं, माघ २८ गते ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एक महिला र उनका दुई सन्तानको मृत्युको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुन सक्ने देखाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी २ वर्षीया छोरी रिवा महर्जन र ६ वर्षीया अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुन सक्ने देखिएको छ ।

शनिबार दिउँसो सवा ४ बजेतिर घरको तीन तला घरबाट झर्दै गरेको देखेपछि रविनालाई स्थानीयले उद्धार गरी किस्ट अस्पताल पुर्याएका थिए । उनका दुई बच्चा पनि कोठामा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि साढे ४ बजे प्रहरीले घटनाको जानकारी पाएको थियो ।

तीनै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

हत्याको कारण भने खुल्न सकेको छैन ।

‘एसएसपी खनालले भने’, पोष्टमार्टमबाट पनि मृत्युको यकिन कारण खुल्ने र परिवारका अरु सदस्यहरुको बयानपछि थप कुरा खुल्दै जाला बताए ।’ घरमा सुसाइड नोट वा अन्य कुनै संकेत भेटिएन ।

उनी घरमा श्रीमान्, सासु र दुई छोराछोरीसहित बस्दै आएकी थिइन् । घटना हुँदा उनका श्रीमान घरमा थिएनन् । ‘विभिन्न पाटोबाट अनुसन्धान थाले पनि अहिले श्रीमानको बयान लिन सक्ने अवस्थामा छैनौँ’, एसएसपी खनालले भने ।

श्रीमान सार्वजनिक कार्यक्रममा ‘साउण्ड सिस्टम’ प्रबन्धकको रूपमा काम गर्छन् । शनिबार महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गएका बेला उक्त घटना भएको हो ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको