न्यायाधीश आचार्यको इजलासमा आज आलमविरुद्धको अन्तिम सुनुवाइ


रौतहट, माघ २८ गते । 

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाइ हुँदैछ ।

मुद्दाको अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको हो ।

आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटमा घाइते भएकाकोलाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।

उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको मिति पुस २९ गते दिन तोकिए पनि अधिकांश न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।

मुद्दाको गम्भीरता र जटिलतालाई मध्यनजर गर्दै गत कात्तिकको तेस्रो साता अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । रौतहट जिल्ला अदालतले सरकारी वकिल र आलमका वकिलको बहस लिइसकेपछि मुद्दाको अन्तिम सुनुवाइको मिति तोकेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वमन्त्रीसमेत रहेका आलममाथि पोल खुल्ने डरले बम विष्फोट पीडितलाई इँटाभट्टामा हालेर जलाएको आरोप छ ।

प्रहरीले २०७६ सालको घटनाको पुन स् अनुसन्धान गरेको थियो । उनीविरुद्ध २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा ‘विष्फोटक बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यस मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । सर्वोच्च अदालतको आदेशलाई उच्च अदालतले २०७६ माघ २४ गते सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । गत वैशाख २३ गते सर्वोच्च अदालतले धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।

यस मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । आरोपपत्रमा आलमलाई ४५ वर्ष जेल सजाय तोकिएको दाबी गरिएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको