नक्कली मदिराको कारोबार गर्ने मामा–भान्जालाई पुर्पक्षका लागि कारागार चलान


Deep Diamond

काठमाडौं, माघ २८ गते ।

काठमाडौं जिल्ला अदालतले काठमाडौंमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई थुनामा पठाउन गर्न आदेश दिएको छ । अदालतले रामेछाप खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतको आदेशपछि उनीहरुलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ २ गते काठमाडौंको थलीमा सञ्चालित नक्कली मदिरा बनाउने कारखानामा छापा मारेर उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । कालोबजारीको कसुरमा थुनामा रहेका विनोद मनोज खत्री र विनोदकुमार कार्की मामा–भान्जा हुन् ।

कारखाना सञ्चालकमध्येका एक सिन्धुलीका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरी अदालतमा पेश गरिएका एक नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेखविक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्रीसँग १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।

आरोपीहरूले नेपाली तथा विदेशी ब्राण्डको नक्कली मदिरा तयार गरी बिक्री गर्ने गरेका हुन् । उनीहरुको कारखानाबाट प्रहरीले नेपालको खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर ब्रान्डको मदिरा बरामद गरेको छ । नेपाली ब्रान्डको ‘सगुन’ नामको मदिरामा एक बोतल कालो लेबल र चिनीको घोल मिसाएर ३ बोतल ब्ल्याक लेबल तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको