मधेस प्रगतिशील लेखक संघको अध्यक्षमा घिमिरे सर्वसम्मत निर्वाचित


महोत्तरी, माघ २७ गते ।

मधेस प्रदेश प्रगतिशील लेखक संघको अध्यक्षमा नारायण घिमिरे निर्वाचित भएका छन् । बर्दिवासमा शनिबार भएको संघको दोस्रो प्रदेश सम्मेलनमा घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

मधेस प्रगतिशील लेखक संघको अध्यक्षमा घिमिरे सर्वसम्मत सम्मेलनले १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ । धनुषाबाट समितिको उपाध्यक्षमा किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्षमा फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मतनै चयन गरिएको निर्वाचन समितिका संयोजक संघका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीले जानकारी दिए ।

मधेसका ८ जिल्लाबाट दुई–दुई जना सदस्य रहनेगरी समिति गठन गरिएको कार्कीले बताए । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेशमा प्रगतिशील लेखक संघको भूमिका अब सशक्त हुने बताएका छन् ।

सामाजिक अन्यायका विरुद्ध प्रगतिशील लेखकका कलम चल्ल जरुरी रहेकाले अब मधेसमा रहेका बेथिति विरुद्ध कलम चलाउने र काम गर्ने घिमिरेले बताए । सम्मेलनमा नेपालमा बामपंथी एकता नभएको प्रती बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

प्रगतिशील साहित्य विचार प्रधान हुने भएकाले विचार विनाको साहित्य प्रगतिशील हुन नसक्ने संघका केन्द्रीय महासचिव डाक्टर डेवी दुलालले बताए । विचार र कला मार्फत समाजमा सकारात्मक रुपान्तरण ल्याउन सक्नु प्रगतिशील लेखन र साहित्यको मुल मर्म भएको दुलालले बताए ।

सम्मेलनमा मधेस प्रदेश, वाग्मती प्रदेश र कोशी प्रदेशका प्रगतिशील लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

श्रोत कान्तिपुर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको