दोस्रो एकदिवसीय सिरिजमा नेपालका अनिल शाहले बनाए अर्धशतक


Deep Diamond

काठमाडौं, माघ २७ गते ।

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय सिरिजमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतले ५० रन बनाएका हुन् । उनी आफ्नो अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।

उनको अर्धशतक एकदिवसीय क्रिकेटमा नेपाली खेलाडीमध्ये सबैभन्दा छिटो हो । यसअघि सन् २०२३ मा कीर्तिपुर मैदानमा पपुवा न्युगिनीविरुद्ध आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले ६.३ ओभरमा २ विकेट गुमाएर ६४ रन बनाएको थियो । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।

श्रोत onlinekhabar

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको