काठमाडौं, माघ २७ गते ।
सिनियर टिमका लागि सूर्य तामाङले पहिलो विकेट लिएका छन् । कीर्तिपुरमा क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनले विकेट लिएका हुन् ।
उनले क्यानडाका हर्ष ठाकेरलाई पहिलो विकेटका रूपमा पेभेलियन फर्काएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखले क्याच आउट गरेका थिए। हर्षले ६ रन बनाएर पेभेलियन फर्केका थिए ।
हर्ष ३४.५ ओभरमा आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर १९३ रन बनाएको थियो ।









