काठमाडौं, माघ २७ गते ।
क्यानडासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले टसमा फिल्डिङ गरेको थियो ।
आजको खेलमा नेपालले आकाश चन्दले डेब्यु गरेको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीनवटा परिवर्तन गरेको छ । आकाशले डेब्यु गरे भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् ।
नेपालले उत्कृष्ट पुनरागमन गर्दै पहिलो खेल ७ रनले जितेको थियो । नेपाल लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगाडि सिरिज जित्न चाहन्छ ।
नेपाल प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिल कुमार शाह ।
श्रोत onlinekhabar











