केन्द्रीय सदस्य बुढाथोकीको निधनपछि कांग्रेसका सबै कार्यक्रम स्थगित


काठमाण्डौं, माघ २३ गते ।

मंगलबार बिहान नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएर ‘सुमदयामा कांग्रेस’ अभियानलगायत पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले अभियानसहित पार्टीका सबै कार्यक्रमहरू स्थगित गरेको हो।

कांग्रेस शोकमा रहेको उल्लेख गर्दै प्रचार लगायतका कांग्रेसका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ ।

पार्टीले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै २०८० माघ २३, २४ र २५ गते ९तीन दिन०सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको