
माघ २० गते ।
विवेक यादव र सोमपाल कामीले साझेदारी गरेपछि फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रनको लक्ष्य दिएको थियो ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको आर्मी क्लबले राम्रो सुरुवात गर्न सकेन । ओपनिङ ब्याट्सम्यान इमरान शेखले एकतर्फी इनिङ्सलाई सम्हाले पनि अर्कोतर्फ विकेट झर्दै गए ।
आर्मीको ६९ रनको विरुद्धमा शेख पनि ३८ रन बनाएर आउट भए । त्यसपछि विवेक यादव र सोमपाल कामीले आर्मीलाई सम्हाले । यादवले अर्धशकत प्रहार गरे। उनले ८१ बलमा ६३ रन बनाए ।
त्यस्तै कामीले ३९ रन बनाए । उनले ५८ बलमा एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै कुशल मल्लले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन तथा सागर ढकाल, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।
श्रोत हिमालखबर