अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु


Deep Diamond

अर्घाखाँची, माघ २० गते ।

अर्घाखाँचीको ढाकवाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भूमिस्थान नगरपालिका–२ ढाकवाङ थापाडाँडामा आज बिहान लु१ज
१६७९ नम्बरको जीप दुर्घटना भएको छ ।

दुर्घटनामा भूमिस्थान–२ मुलताङ्काका ३४ वर्षीय देवा बेलवासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

ढाकवाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए । दुर्घटनामा पणेना–१ का कपिला खनाल पोखरेल र शर्मिक पोखरेल घाइते भएका छन् । उनीहरुको सन्धिखारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रोत इकागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको