लाल सागरमा अमेरिकी जहाजलाई प्रहार गरेको हुथी विद्रोहीहरूकाे दाबी


काठमाडौँ, माघ १८ गते ।

यमनका हुथी विद्रोहीले लाल सागरमा रहेको अमेरिकी व्यापारी जहाजमा आक्रमण गरेको दाबी गरेका छन् । जहाजको नाम कोइ हो र सो जहाज अमेरिकाले सञ्चालन गरेको बताइएको छ ।

सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले यमनको अडेनको बन्दरगाहको दक्षिणी भागमा सञ्चालित जहाजमा विस्फोट भएको जानकारी दिएको तर जहाजको नाम भने खुलाएको छैन।

यसैबीच, अमेरिकाले यमनमा नयाँ हवाई आक्रमण सुरु गरेको छ, जसमा १० ड्रोनहरू प्रहार गरिसकेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार, कोइ एक लाइबेरियन(झण्डा भएको कन्टेनर जहाज हो जुन बेलायतमा रहेको ओसिनेक्स सेवाद्वारा संचालित छ। शनिबार मिसाइल आक्रमणबाट उक्त जहाजमा क्षति पुगेको थियो ।

श्रोत इ कागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको