बझाङ केदारस्युँ गाउँपालिकाका दुई बालक बेपत्ता


Deep Diamond

बझाङ, माघ १८ गते ।

बझाङको केदारस्युँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन् । केदारस्यून गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाट बेपत्ता भएका छन् । मंगलबार दिउँसो घरमा कोही नभएको अवस्थामा १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएका बालकका दाई हरिलाल बोहराले बताए ।

जयभान र उन श्रीमती शान्ति रोजगारीको सिलसिलामा विगत ४ वर्षदेखि भारतको ब्याङ्लोरमा बस्दै आएका छन् । राहुल र राकेशलाई स्कुल पढाउनका लागि जेठी आमा सिमचडी बोहरासँग घरमा राखिएको थियो ।

जेठी आमा घर कामका लागि बाहिर निस्कँदा उनीहरु घरबाट बेपत्ता भएको बताइएको छ । कसैले देखे वा भेटेमा ९७४६३२७०१९ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन पारिवारिक स्रोतले अनुरोध गरेको छ ।

श्रोत REPORTERSNEPAL


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको