
सुर्खेत, माघ १६ गते ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शहीदहरूलाई फूलको मालामा मात्र सीमित राख्न नहुने बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको शहीदप्रति पुष्पगुच्छा अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले शहीदहरुलाई मालामा मात्र सिमित भए सहिदप्रति सच्चा सम्मान नहुने बताउनुभयो ।
शहीदको बलिदानबाट नेपाली जनता १०४ वर्ष पुरानो निरंकुशताबाट २०५ वर्ष पुरानो एकात्मक राज्य व्यवस्थामा परिणत भएको स्मरण गर्दै उहाँले शहीदको उच्च बलिदानबाट नेपाली जनता स्वतन्त्र भएको बताउनुभयो ।
देशको स्वतन्त्रताका लागि निरंकुशता विरुद्ध उभिएका विभिन्न आन्दोलन र जनआन्दोलनमा आफ्नो जीवन आहुति दिने महान शहीदहरूलाई सम्मान गर्दा अहिले केही विरोधीहरूले व्यवस्था र शहीदको अपमान गर्दै आन्दोलनबाट प्राप्त स्वतन्त्रताको खिल्ली उडाइरहेका छन्, यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह ग्रर्नुभयो ।
नेपाली जनताको स्वतन्त्रताको निम्ति राणाकाल शुरु हुनु पूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्र शहीदहरू प्रति उच्च सम्मान हुने बताउनुभयो ।
आज केही लोभी पापीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने, मुलुकको सुशासन र समृद्धिको महान् काम सञ्चालन गर्दा त्यस प्रति दुष्प्रचार गर्ने गरेकाले सुशासन सामाजिक न्याय र आर्थिक समृद्धि गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनु पर्ने बताउनुभयो ।
श्रोत नेपाल पे्रस