गोर्खा ब्रिगेडको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत


काठमाडौँ, माघ १२ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचर्ड वार्डलो ओ। वि। ई। सहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रपति पौडेलसमक्ष गोर्खा ब्रिगेडको प्रतिवेदन प्रस्तुत
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको भन्दै यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कुटनीति तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावबाट चाँडे टुंगोमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चासोको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताएका थिए । वार्डलोले प्रतिवेदन प्रस्तुत गर्दै गोर्खाली सेनाको व्यावसायिकता, समर्पण र बहादुरीलाई बेलायतले मात्र नभई विश्वले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरूले यो संसार रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरिरहने बताए ।

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा विश्वलाई सुरक्षित स्थान बनाउन गोर्खा ब्रिगेडले महत्वपूर्ण भूमिका खेलेको र अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम राखेको उल्लेख गरिएको छ ।

सो अवसरमा बेलायती राजदूत रोब फेन पनि उपस्थित थिए ।

श्रोत कान्तिपुर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको