राष्ट्रियसभा निर्वाचनः आजै मतदान, आजै नतिजा


काठमाडौँ, माघ ११ गते ।

फागुन २१ गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः अनुसार पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । यस निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशका तोकिएका मतदान केन्द्र र मतदान केन्द्रमा मतदान गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो मसीले विवरण र निर्वाचन चिन्हसहितको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख गरी निर्वाचकमण्डल रहनेछ ।

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश सभाका ५३ सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा वर्तमान प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल ५७ हजार ५ सय ५९ मत हुनेछ ।

हाल प्रदेशसभामा ५४९ सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १९९८ मतदाता छन् । निर्वाचनमा वर्तमान प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल ५७ हजार ५ सय ५९ मत हुनेछ ।

हाल प्रदेशसभामा ५४९ सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १९९८ मतदाता छन् ।

श्रोत इ कागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको