‘फेरि मेयर मैं हुँ’ : मेयर क्षत्री


बर्दिबास, माघ १० गते ।

महोत्तरीको बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आगामी स्थानीयतहको निर्वाचनमा पनि आफू निर्वाचित हुने दाबी गर्नुभएको छ ।

आज मंगलबार बर्दिवास–३ पाटुस्थित जनजागृति माविको स्वणर् महोत्सव समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री समक्ष नगर प्रमुख क्षत्रीले आफू पुनः निर्वाचित हुने दाबी गर्नुभएको हो । यो कार्यकालमा जनताको कामबाट आफू फेरि उम्मेदवार बन्ने र निर्वाचित हुने उहाँको दाबी छ ।

विक्रम सम्वत् २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट ‘बगावत’ गरी स्वतन्त्र हैसियतमा उम्मेदवार हुनुभएका क्षत्री केही महिनाअघि मात्रै कांग्रेसमा फर्कनु भएको छ । यद्यपि बर्दिवास काँग्रेसलाई अझै पनि ‘गाछी’ (रुख) र ‘घोडा’ उपनामले चिनिन्छ। ‘पार्टीको अनुशासन मान्नुपर्ने चरित्र भएका व्यक्ति होइनन्, २०७९ मा पार्टीको उम्मेदवारविरुद्ध विद्रोह गरे र अहिले आफूलाई उम्मेदवार घोषणा गर्दै हुनुहुन्छ,’ आफूलाई ‘गाछी’ भन्ने कांग्रेस नेताले टिप्पणी गर्नुभयो ।

यता, मेयर क्षत्रीसहित काँग्रेसमा फर्किएका ‘घोडा’ काँग्रेसले आगामी निर्वाचनमा आफू (प्रमुख) अर्को विकल्प नरहेको बताउँछन् । उहाँलाई कसले प्रतिद्वन्द्वी गर्न सक्छ ? “नाउँ उल्लेख नगरीदिन भन्दै उहाँले भन्नुभयो, ‘आज पहिलोपटक उहाँले यस्तो गरेको हो र रु एक महिनाअघि पत्रकारसँगको कुराकानीमा उहाँले आगामी निर्वाचनमा पनि उम्मेदवार हुने बताउनुभयेको थियो । करिब एक महिनाअघि मेयरले आफ्नो कार्यालयमा पत्रकारसँगको सामूहिक कुराकानीमा आफू फेरि उमेद्वार बन्ने स्मरण गराउनुभयो।

यसअघि २०७४ को स्थानीयतह र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उमेद्वारका रुपमा पराजित भएका क्षत्री सफल क्रसर व्यवसायी (बालढुङ्गा व्यवसाय)का रुपमा परिचित छन् । मेयर क्षत्रीले आफ्नो अघिल्लो परिचय अनुसार बर्दिवास दलको विरोधका वावजूद पनि रातु नदीको उत्खनन रोकिने छैन ।

सोही समारोहमा आज पनि नदी उत्खनन् जारी रहने उहाँले बताउनुभयो । तर, उत्खनन गर्दा विधि र मापदण्डको पालना गरिने उहाँले स्पष्ट पारे ।

‘पहिले बालुवा बालुढुङ्गाबाट भाग लिन चाहनेले भाग लिन पाउँदैनन्, त्यसैले उत्खननमा फरक–फरक कुरा राख्न खोज्छन्,’ क्षत्रीले भन्नुभयो, ‘सबै विकासका कामका लागि थुप्रो चुलिदै गएको बालुवा हटाउनु पर्छ, हो यो मापदण्ड नाघिदैन।ू मेयर क्षत्रीले मापदण्ड पालनाको कुरा गरेपनि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा, लोस्पालगायत दलका प्रतिनिधिले रातुमा केही साताअघिसम्म अनियन्त्रित उत्खनन भएको आरोप लगाएका थिए ।

मेयर क्षत्रीले फेरि आफैं उम्मेदवार बन्ने खुलेर भन्न थालेपछि नेपाली कांग्रेसमा हलचल सुरु भएको छ । ‘गाछी’काँग्रेस भनेर चिनिनेहरुले अहिले मेयर क्षत्रीको यो घोषणा उच्च तहका नेताहरुलाई सुनाएका छन् ।

श्रोत Nepalvani


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको