नेशनल लाइफद्धारा मिश्रको परिवारलाई १० लाख भुक्तानी दाबी


बर्दिबास, माघ ९ गते ।

बर्दिबास नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई दाबी बापतको रु १० लाख ७७ हजार ३३३ तीन सय तेतिस रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार बर्दिबास नगरपालिका वडा नं. १४ का बीमित सन्तोष कुमार मिश्रले २०७७ साल चैत २६ गते नेशनल लाइफको बर्दिबास शाखामा जीवन बीमा गरेका थिए। मिश्रको गएको भदौ २१ गते आफै बाईक दुर्घटनाको कारण अकालमै ज्यान गुमाएको थियो ।

दुर्घटना को कारण अल्पायुमै ज्यान गुमाएका मिश्रको परिवारलाई कम्पनीले २०८० माघ ९ गते दाबी भुक्तानी गरेको हो । बीमित मिश्रले ईन्स्योरेन्समा ३ बर्षको बीमा शुल्क भुक्तानी गरेका थिए ।

कम्पनीको बर्दिबास शाखा प्रमुख महेश राजलवट ज्युले बीमितको परिवारलाई दाबी बापतको चेक बिमित मिश्र को श्रीमति रंजु कुमारिलाई हस्तान्तरण गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको