काठमाडौं, माघ ६ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९औँ सम्मेलनमा सहभागी हुन युगान्डाको कम्पालामा उनीहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका विषयमा नेपाल र श्रीलंका एकसाथ उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितका लागि दुई देशबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० लाई सक्रिय र गतिशील बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । उनले सार्कलाई गतिशील बनाएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले आफूले सार्कलाई सक्रिय तुल्याउन समर्थन गर्ने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक गतिविधिमा नेपाल र श्रीलंकाबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रुपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए । रासस
श्रोत १२ खरी











