सरकारले तिर्नुपर्छ सहकारीपीडितको पैसा : रवि लामिछाने


काठमाडौं, माघ ६ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितको रकम सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पीडितहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्यहरु समस्यामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि सहारा सहकारीबाट रकम लिएको खुलासा भएपछि लामिछानेले चितवन सहकारीका पीडितसँग भेट गरेका हुन् । टेलिभिजनमा हुँदा आफूले कुनै सहकारीबाट पैसा लिएको थाहा नभएको उनले बताए । उनले आफू सहकारी पीडितको पक्षमा रहेको बताए ।

उनले टेलिभिजनमा लगानी गर्ने जिम्मेवारी स्तरमा नरहेको र त्यहाँ रहँदा कुनै पनि सहकारीबाट सञ्चालनका लागि पैसा ल्याउने निर्णय नगरेको बताए । देशैभरका सहकारीपीडितका पक्षमा काम गर्न पार्टीभित्र डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको उनले जानकारी दिए ।

भेटमा जम्मा भएका करिब दुई सय को हाराहारीमा जम्मा भएका सहकारीपीडितले पैसा डुबेका कारण औषधि र खानामा समस्या भएको गुनासो गरेका थिए । हिमालयन टेलि भ्वाइस

श्रोत १२ खरी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको