गोरखा, माघ २ गते ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखा मार्फत साना बजेटका धेरै योजना र विनियोजन सञ्चालित भए पनि कामले नतिजा दिन सकेको छैन । कार्यालयका प्रमुख मिलन पौडेलले भन्नुहुन्छ, कार्यालयले सञ्चालित अधिकांश योजना टुक्राटुक्रा भएकाले देखिने काम हुनसकेको छैन् ।
उहाँले चालु आर्थिक वर्ष ०८०र८१ मा कार्यालयबाट करिब १५५ योजना मात्रै विनियोजन भएको र अधिकांश योजना साना तथा टुक्रा टुक्रा योजना रहेको बताउनुभयो । चालू आर्थिक वर्षमा कार्यालयमा विनियोजन गरिएकामध्ये ३४ योजनाको बजेट १० लाखभन्दा कम छ । ‘जनताका माग सम्बोधन गर्न थोरै बजेट भए पनि योजना बनाउनु जनप्रतिनिधिको बाध्यता पनि छ’, प्रमुख पौडेलले भन्नुभयो, ‘सानो खर्चमा बजेटअनुसार काम सम्पन्न हुन्छ, तर नतिजा सोचे जस्तो हुँदैन ।
कार्यालयमा छुट्याइएको योजनामध्ये करिब ८२ वटा योजना १० लाखको छ । त्यस्तै प्रमुख पौडेलले भन्नुहुन्छ,’’३९ वटा योजना मात्रै १० लाखभन्दा बढी रहेको छ । ‘विनियोजन गरिएको बजेट र कार्यक्रम हेर्दा कार्यालयमा हाल दरबन्दी भरिए पनि कर्मचारी अपुग हुने अवस्था छ’, उहाँले भन्नुभयो ‘‘योजना धेरै तर बजेट थोरै हुँदा जनशक्ति धेरै चाहिने र अपेक्षाअनुसार काम देखिन सकिरहेको छैन ।’’
प्रमुख पौडेलको अनुसार बजेटअनुसार काम भए पनि गुणस्तर कायम भए पनि थोरै बजेटमा भएका कामले जनतालाई सन्तुष्टि दिन नसक्ने र काम भएको पनि देखिँदैन । ‘सानो बजेट भए पनि कार्यालयको जनशक्ति पुग्नै पर्ने तथा अनुगमन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर थोरै बजेटमा धेरै योजना बनाउँदा जनशक्ति खर्च उत्तिनै भए पनि त्यसअनुसार काम भएको देखिँदैन ।
कार्यालयका प्रमुख पौडेलले योजनाको सङ्ख्या हेर्दा कार्यालयमा हालको दरबन्दी पनि पर्याप्त नभएको बताउनुभयो । ‘कतिपय बजेटमा ५० मिटर निर्माणको सट्टा १० मिटर मात्रै बन्ने गरी बजेट विनियोजन गरिएको हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसरी काम गर्दा जनशक्ति अनुगमन, योजना निर्माण लगायतको खर्च उत्ति नै हुन्छ, तर नतिजा राम्रो देखिँदैन ।
उहाँले कनिका छरे जसरी बजेट छरेर नजिता नदिने बताउनुभयो । ‘एउटै योजनाका लागि पाँचरसात पटक जानुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘तर कर्मचारी थोरै नभएकाले दुई–तीन पटक मात्रै प्राविधिक क्षेत्रमा पठाउन बाध्य छौं ।
श्रोत REPORTERSNEPAL











