बर्दिवासमा ब्याडमिन्टन सङ्घ नयाँ नेतृत्व


२० पुस,बर्दिबास । ब्याडमिन्टन सङ्घ बर्दिबासले नयाँ नेतृत्व पाएको छ । सङ्घको आज शुक्रबार सम्पन्न प्रथम नगर अधिवेशनले पोषण थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले विजयकुमार महतो र केदार शर्मा (दिपक) लाई उपाध्यक्ष, अरुणकुमार चौधरी, चन्द्रबहादुर खड्का र सन्तोस श्रेष्ठलाई क्रमशः कोषाध्यक्ष, सचिब र सहसचिब चयन गरेको छ । यसअघि तदर्थ समितिबाट ब्याडमिन्टन गतिविधि संयोजन हुँदै आएको थियो । अधिवेशनले नौ सदस्यीय नगर समिति चयन गरेको छ ।

यसैगरी समितिका सदस्यमा गयाप्रसाद गुप्ता, दिक्पाल गौतम, श्याम साह, देवेन्द्र थिङ् , शङ्कर श्रेष्ठ, चौधरी महतो, दिपक खड्का र ईश्वरी पन्त हुनुहुन्छ । त्यसैगरी सल्लाहकारमा कृष्णप्रसाद गौतम, हीरालाल गौतम र विष्णु खड्का चयन हुनु भएको छ।
अधिवेशनमा बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेश श्रेष्ठ, जिल्ला अध्यक्ष वरुण दाहाल र होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेश प्रदेश अध्यक्ष हीरालाल गौतमसहितले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यलाई बधाइ ज्ञापन गर्दै यस कार्यकालमा ब्याडमिन्टन खेलको संस्थागत विकासका लागि शुभकामना दिनुभयो ।

बर्दिबासमा अत्याधुनिक ब्याडमिन्टन भवन निर्माण भएको छ । मुख्य भवन निर्माण कार्य सम्पन्न भएपनि सवारी पार्किङ्ग स्थल र चारैतिर पक्की घेराबेरा (पर्खाल) निर्माणको काम बाँकी रहेको ब्याडमिन्टन भवन निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो ।

बर्दिबासमा दुई करोडको लागतमा निर्मित भवनमा मधेश प्रदेश सरकारबाट एक करोड, बर्दिबास नगरपालिकाबाट ५३ लाख र ४७ लाख खेलाडीहरुबाट सहयोग प्राप्त भएको भवन निर्माण समितिले जनाएको छ । बर्दिबास नगरमा ब्याडमिन्टनको नियमित अभ्यास गर्ने ५० भन्दा बढी खेलाडी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको