देवघाटमा मोटरबोट सञ्चालन


भरतपुर (चितवन), पुस १९ गते ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालन गरिरहेको सञ्चालक विभिषण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार छोटो र लामो दुरीका लागि मोटरबोट चलाइएको छ । छोटो दूरीमा देवघाटधामको वेनिसङ्गमबथ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटमा जान सकिन्छ । छोटो दूरीको लागि शुल्क रु। २५० तोकिएको छ ।

यति लामो दुरीमा करिब आठ किलोमिटरको यात्रा गराइने छ । उहाँले गण्डकोटको वेनिसंगमदेखि नरसिंह दिव्यधामसम्म लामो दुरीको यात्रा तय गरिने बताउनुभयो । लामो दुरीको शुल्क निर्धारण भइरहेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाको स्वीकृतिमा मोटरबोट सञ्चालनमा आएको शर्माले जानकारी दिनुभयो । मोटरबोट को क्षमता ज्ञण् मान्छे छ। चितवनदेखि तनहुँसम्म आवतजावतका लागि देवघाटमा नियमित डुङ्गा चल्ने गरेको छ ।

जलयात्रामा रमाइलो गर्न चाहने धार्मिक पर्यटकलाई केन्द्रमा राखेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । मोटरबोट सञ्चालनमा आएपछि देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो । मोटरबोटले मौलाकालिका र देवघाटधाम जोड्ने पुलको रुपमा काम गर्ने उहाँले बताउनुभयो । देवघाट धाममा दैनिक सयौं भक्तजन दर्शन र स्नानका लागि आउने गरेका छन् ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको