आलुखेती विस्तार हुँदै


मध्यविन्दु (नवलपरासी), पुस १६ गते ।

नवलपरासी (बर्दघाट सुस्ता अगाडि) मा आलु खेतीतर्फ किसान आकर्षित भएका छन् । यस वर्ष जिल्लामा ३ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

‘गत वर्ष ३ हजार १ सय ७५ हेक्टरमा आलु खेती भएको थियो, यो वर्ष ५० हेक्टरमा विस्तार भएको छ’, प्रमुख लामिछानेले भन्नुभयो, ‘गत वर्ष जिल्लामा ५७ हजार ३ सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लामा हरेक वर्ष व्यावसायिक आलु कृषकको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । ‘आलु उत्पादनको हिसाबले नवलपरासी (बर्दघाट सुस्ताभन्दा अगाडि) आत्मनिर्भर छ’, उहाँले भन्नुभयो, ‘यो वर्ष पनि मौसम अनुकूल छ, आलु उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ ।

यस वर्ष आलु उत्पादन पनि बढ्ने केन्द्रको प्रारम्भिक अनुमान छ । स्थानीय तहले कृषि ज्ञान केन्द्रसँगै आलु खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न थालेपछि आलु खेती विस्तार हुँदै गएको छ । ‘चालू आर्थिक वर्षमा केन्द्रले जिल्लामा आलु किसानलाई प्रोत्साहन गर्न रु ३९ करोड २० लाखको कार्यक्रम गरेको छ,’ उहाँले भन्नुभयो ।

नवलपरासीको विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिका ९बर्दघाट सुस्ता अगाडि० मा व्यावसायिक आलु खेती भएको छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको