हल्लाको पछि हैन कामको पछि लागौं : मेयर क्षेत्री


१६ मंसिर,बर्दिवास ।
महोत्तरीको बर्दिवामा सोमबार आयोजित बर्दिवास अस्पताल परिसरमा साझा फार्मेसी उद्यधाटन समारोहमा बर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्रीले सम्बोधन गर्ने क्रममा नगरवासीहरुलाई हल्लाको पछि हैन कामको मुल्याकन गरी त्यसको पछि लागन आग्रह गरेका छन ।
भुमि व्यवस्थापन,सहकारी तथा गरीबी निबारण मन्त्रालयको स्वामित्व रहेको साझ स्वास्थ्य सेवा अन्तगत साझा फार्मेसीको उद्धघाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले गरेका छन् । बर्दिवास अस्पतालमा उपचारकालागी आउने प्रत्यक मिरामीलाई सर्व सुलभ रुपमा गुणस्तरीय औषधि बिक्रि गर्ने उदेश्यले सहकारीे औषधि पसल सञ्चालनमा ल्याएको बर्दिवार नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले बताएका छन । सरकारको ६० प्रतिशत स्वामित्व रहेको सो औषधि पसलमा रहेको छ । यसले अस्पतालमा विचौैलिया मुक्त र ईमरजेन्सीको समयमा बहिर जाने झनझट बाट मुक्त हुने गरी थाप सेवा सुविधा सहित छुटै भवनमा साझा औषधी संचालमा ल्याएको मेयर क्षेत्रीले बताए ।
बजार मुल्यमा सहकारीले खरीद गरेको औषधिको मुल्यमा १४ प्रतिशत रकम मात्र थप गर्नेगरी सस्तो र गुणस्तरीय औषधि बिरामीलाई बिक्रि गरीने संस्थाका अध्यक्ष हिम बहादुर क्षेत्रीले बताए । त्यसैगरी फार्मेसीले बिरामीलाई २४ घंटै औषधि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
साझा फार्मेसी २०२१ साल देखि देशभर सुविधत्रा दिने गरी बर्दिवास अस्पतालमा २९ स्थानमा सञ्चालनमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको