मन्त्री किरातीको बर्खास्ती माग गर्दै बर्दिवासमा प्रदर्शन


५ पुस,बर्दिवास -अनुराग यादव ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै विश्क हिन्दु परिसद नेपाल। राप्रपा नगर कमिटी र बर्दिवास राधेराधे समुहले बिहिबार बर्दिवासमा साझ राके जुलुस निकाली प्रदर्शन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै संगठनले बर्दिवासको मुख्य चौकमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका राधेराधे समुहका संयोजक रन्जित राज ढुङ्गनाले बताए ।
उनका अनुसार,‘बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हाम्रो संगठनले बिरोध गरेको संयोजक ढुङ्गनाले बताए ।’
राप्रपाका केन्दीय उपाध्यक्ष तथा बर्दिवास नगरपालिकाका संयोजक संजिब साहका अनुसार, देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।
उनले भने, ‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौँ ।’ उनले मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने पनि बताए । ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरुमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्छ’, उनले भने ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको