कांग्रेसको मधेस प्रदेश सम्मेलन सुरु


जनकपुरधाम (रासस), पुस ५ गते ।

नेपाली कांग्रेसको पहिलो मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।
पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तिरहुटियागाछी मैदानमा भएको सम्मेलनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमन्त्रीहरुको सहभागिता रहनुभयेको छ ।

मधेसका आठ जिल्लाका ८२५ प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रदेश समितिको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन विभिन्न विषयमा गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश दिन सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको