काठमाडौँ(रासस), पुस ५ गते ।
काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्दै गएको छ । आज काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री र आज बिहान ४ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज काठमाडौंको सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो र अझै घट्ने सम्भावना छ ।
आज बिहान ५ बजेर ४५ मिनेटमा ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ बजेर ४५ मिनेटमा ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











