नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने


चितव(रासस), पुस ५ गते ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना माघ ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो ।

नारायणगढबाट मुग्लिन जाने सवारी साधनमध्ये पान्धरकिलो बजारदेखि जुगेडीसम्म यात्रुवाहक सवारी साधन र भटेरी जङ्गलदेखि रामनगरसम्म मालवाहक सवारी साधनलाई रोकिनेछ ।

त्यसैगरी काठमाडौंबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकरसम्म र मालवाहक सवारी साधनलाई साधन लेवाटारमा रोकिनुपर्नेछ । आयोजना अनुसार पोखराबाट आउने यात्रुवाहक सवारीलाई वेनिटारदेखि पावरहाउससम्म र कार्गो सवारी साधनलाई १७ सय बिन्दुमा रोकिनुपर्ने आयोजनाले जनाएको छ । ।

उक्त सडकमा रहेका १९ पुलमध्ये चार वर्षअघि निर्माण भइसकेका थिए भने बाँकी १५ वटा पुलको काम एकैसाथ सुरु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको