सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन


काठमाडौँ(रासस), पुस ४ गते ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो ।

समितिका वरिष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुस्लिम, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनील पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ मा संसदीय सुनुवाइ भएको थियो ।

न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त रहेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको