गोरखा(रासस),पुस ३ गते ।
उत्तर गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम माचीखोला बजारलाई सीसी क्यामेराबाट अनुगमन गर्न थालिएको छ । गाउँपालिकाको केन्द्रविन्दु रहेको माचीखोला बजारमा सिसीटिभी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण जानकारी दिनुभयो ।
“माच्छीखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षा चुनौती बढेकाले बजारमा सीसी क्यामेरा जडान गरिएको छ ।” उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मी थोरै भएकाले बजारलाई सुरक्षित राख्न माचीखोला बजार वरपर सात ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
अध्यक्ष गुरुङले अहिले जडान भएका क्षेत्रबाहेक बजार क्षेत्रमा आवश्यकताअनुसार थप क्यामेरा थपिने जानकारी दिनुभयो । हाल बसपार्क क्षेत्र, रेसखोला क्षेत्र, जनजागृति स्कुल र सो क्षेत्रको बजार कभर गर्ने गरी तीनवटा क्यामेरा जडान गरिएको छ ।
त्यसैगरी गाउँपालिका भवन क्षेत्रको उत्तर–दक्षिण बजारमा दुई वटा क्यामरा र तल्लो बजार क्षेत्रमा एउटा र नगरपालिका कार्यालय भित्र चारवटा क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामेराले राति पनि स्पष्ट देख्न सक्ने गाउँका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताउनुभयो । ‘माछा बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएका क्यामेरा चौबिसै घण्टा सञ्चालनमा आउनेछन्’, उहाँले भन्नुभयो । सातवटा जडान क्यामेराको साथ, बजार क्षेत्र सजिलै निगरानी गर्न सकिन्छ।
क्यामेरा जडान गर्न करिब पाँच लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।











