
काठमाडौँ (रासस), मङ्सिर ३० गते ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा (ब्रेन) उपचारका साथै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना गरेको छ ।
संस्थानका उपकुलपति डा भूपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्क सम्बन्धी रोगको उपचार र अध्ययन केन्द्र स्थापना भएको जानकारी दिनुभयो । नेपालमा पहिले मस्तिष्क उपचार भए पनि अध्ययन र अनुसन्धानका लागि शरीर थिएन । उहाँले भन्नुभयो, ‘ब्रेन ट्युमरका बिरामीको डाटा पनि सेन्टरमा राखिने छ र कस्ता बिरामी आउँछन् भन्ने पनि अध्ययन गरिनेछ ।
केन्द्रबाटै ब्रेन ट्युमरको उपचारका लागि मंसिर २४ गतेदेखि विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका कार्यवाहक निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिनुभयो । उहाँको अनुसार अहिले हप्ताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन भइरहेको छ ।
राष्ट्रिय न्यूरो स्पाइन सेन्टरमार्फत गत आइतबारदेखि अस्पतालमा विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ । यो सेवा आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चलिरहेको छ । डा थापाले टाउकोको ट्युमर र मेरुदण्डको निस्शुल्क उपचार गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।