काठमाडौँ (रासस), मङ्सिर २६ गते।
राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका लागि संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र, हिन्दू राष्ट्र नै उपयुक्त विकल्प भएको निष्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सुशासन र समृद्धिसँगै परिवर्तन आजको आवश्यकता रहेको निर्णय गरेको हो ।
बैठकले एनसेलको खरिद–बिक्रीको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी, पार्टी प्रवक्ता वसन्तमानसिंह अधिकारीले राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनतासामु प्रस्तुत गरिने जानकारी दिनुभयो ।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी र समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था र दुई–दुईवटा व्यवस्था हुनुपर्ने मार्गचित्रमा उल्लेख छ । स्तरीय राज्य संरचना, केन्द्रीय र स्थानीय।











