२५ मंसिर, बर्दिवास । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान सम्पन्न भएको छ । बर्दिवास नगरपालिकाले यो वर्ष पनि नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्म नगरपालिकाका सबै वडाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरि लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान मनाईएको हो ।
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बर्दिवास नगरपालिकाको मुख्य चौकमा र्याली तथा कोण सभा आयोजना गरि यो बर्षको कार्यक्रम मनाईएको बर्दिवास नगरपालिकाको प्रबक्ता विजय महताले जानकारी गराउनु भएको हो । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरू मनाइएको प्रबक्ता महताले बताउनुभयो ।
कार्यक्रममा ’लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गदै लैंगिक हिंसाको सबालमा आफू कुनै कुरामा बाईस नगर्ने र लैंगिक हिंसा अन्त्यि गर्ने बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री प्रतिबद्ध हुनुभयो । नगर प्रमुख क्षेत्रीका अनुसार बर्दिवास नगरपालिकाले यस १६ दिने अभियानमा महिला हिंसामा मात्र नभएर पुरुषहरु पनि हिंसाको चपेटमा पदै आएको हुनाले नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत महिला पुरुषलाई दुबैलाई सचेत गराउने किसिमको कार्यक्रम आयोजना गरेका थिए ।
अभियानका सन्दर्भमा नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले विभिन्न कार्यक्रम र भिडियो सन्देशमार्फत् सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताउनुभयो । ’लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको छ। सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको छिटै अन्त्य गर्न सक्ने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा पूर्व राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहालले महिलाहरुको हिंसाको प्रमुख कारण पुरुष मात्र नभएर पुरुष बादी महिला हिंसामा परेको बताईन ।
१६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएता पनि न्यूनिकरणमा कतै हामी सचेत नागरिकनै चुकेको उपाध्यक्ष दहालले बताउनुभयो । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हुनाले हामीले १६ दिने अभियानमा समय विताउदै आएतापनि अब १६ दिनका लागि ’लैंगिक हिंसा अन्त्य हैन ३६५ निदै अन्त्य हुनुपर्नेमा पूर्व राष्ट्रिय सभाका उपाध्यक्ष दहालले जोड दिनुभयो । धेरै घरेलु हिंसाहरु मध्य ८० प्रतिशत महिलाहरु यसको चपेटमा पर्ने गरेको एक रिर्सचले बताएका छन । त्यसैले रहेक नारी अब हिंसालाइ दबाएर हैन पलपलमा बाहिर ल्याउने काममा अगाडि बढन जरुरी रहेको बहाँले बताउनुभयो ।
यता मधेश प्रदेशका प्रदेश सभा सदस्य शारदा देवि थापाले हिंसाहरुको प्रकार बताउदै हरेक नारीलाई कहि कतै कुनै पनि स्थानमा हिंसामा नपर्न आग्रह गर्नुभयो ।












