नगर बाल क्लबलाई आर्थिक सहयोग


२५  मंसिर, महोत्तरी । बर्दिवास नगरपालिकामा गठन भएका नगर बाल क्लबलाई नगरपालिकाले आर्थिक सहयोग गरेका छन ।
आर्थिक वर्ष ८०र८१ को वजेट बाट नगद ५० हजार सहयोग गरेका हो । यो रकम बाल क्लबका उपाध्यक्ष ममता खड्का र बाल क्लबका सम्पूर्ण सदस्यहरुको उपस्थितमा हस्तान्तरण गरिएको नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले जानकारी गराउनुभयो ।
बालबालिका आफ्नो लागि योजना बनाउनेदेखि बालमैत्री अभियान, विपद् पूर्वतयारी र विपद् जोखिमबारे सचेतना फैलाउने र पालिकाको सबै वडाहरुमा विभिन्न कार्यक्रम गर्नका लागि बाल क्लबलाई सहयोग गरेको हो । बाल क्लब  गठन, पुन:गठन र विस्तार गर्दै बालमैत्री नगरपालिका बनाउन अग्रसर भएका छन् । नगर र वडामा गठित बाल क्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिका सम्बन्धी व्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नगर बाल क्लबलाई आर्थिक सहयोग गरेको नगरप्रमुख क्षेत्रीले जानकारी गराउनुभयो ।

बाल क्लबका सदस्यहरु बालबालिकाको हित हुने खालका योजना आफै बनाएर वडा र नगरमा पेश गर्ने र नगरपालिकाको सबै वडाहरुकमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने क्लबका उपाध्यक्ष ममता खडकाले बताईन । बाल क्लब सदस्यहरुको सक्रियताले सचेतना फैलाउन किसिमका कार्यक्रम गर्ने उपाध्क्ष खडकाको भनाई रहेको छ ।
युनिसेफ नेपालको सहयोगमा बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम तालिमले बाल क्लबका सदस्यहरुलाई सहयोग जुटेपछि बालबालिकाहरुको सक्रियता बढेको क्लबका सदस्यहरुले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको