काठमाडौँ (रासस), मङ्सिर २५ गते।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा। गौतमले पारिवारिक कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । महासचिव डा। गौतम २०५१ सालमा सेवामा आएर २०७७ जेठ २२ गते संसदको महासचिवमा नियुक्त भएका थिए ।
नेपालको संविधानको धारा १०६ बमोजिम संघीय संसदको रिक्त महासचिव पदमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका सभामुखको संयुक्त निर्णयबाट सचिवालय सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको हो ।











