अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


चितवन (रासस), मङ्सिर १६ गते।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून हातमा लिएर अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको कार्यान्वयनमा बाधा पर्ने अवस्था आउन नदिने बताए ।

गृहमन्त्री श्रेष्ठले संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले जुन प्रकारका गतिविधि गर्न खोजिएको छ, त्यसलाई हामीले प्रणालीकै लागि ठूलो चुनौतीका रूपमा लिएका छैनौँ । उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने विषयमा हामीले केही गरेका छैनौँ, टिकटकमा यस्तो निर्णय भएको हो । अन्य सामाजिक सञ्जाल बन्द हुन लागेको भन्ने प्रश्नको जवाफमा उनले थपे, ‘अन्य सामाजिक सञ्जालका बारेमा पनि बहस भइरहेको छ, त्यो सत्य होइन, हामीले नियमन गर्छौँ ।

गृहमन्त्री श्रेष्ठले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता र संस्कृतिको संरक्षणमा सामाजिक सञ्जालले योगदान दिनुपर्ने बताए । उनले भने, हामी स्वतन्त्रलाई निरुत्साहित गर्दैनौं, हामी यसलाई नियमन गर्ने दिशामा मात्रै अघि बढिरहेका छौं।

मन्त्री श्रेष्ठले संघीयताको संरक्षण गर्ने, परिमार्जन गरेर कार्यान्वयनको प्रक्रियामा जाने बताए । उनले भने, यस्तो आवाज सुन्छौं भने अन्यथा सोच्नु हुँदैन। हामीले त्यस्तो आवाज पाउने अधिकारको पनि रक्षा गर्छौं।

मन्त्री श्रेष्ठले संविधानको संरक्षण र लोकतन्त्रले दिएको अधिकारको प्रयोगलाई सुनिश्चित गर्न सरकारले उदारतापूर्वक सोचिरहेको बताए । उनले भने, ‘कसैले यसलाई कमजोरी मानेर सामाजिक सद्भावमा खलल पुर्‍याउने, जातीय, धार्मिक एकता र सद्भाव सहिष्णुतामा खलल पुर्याउने र काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता सृजना गरी राष्ट्रिय एकतामा असर पुर्याउने र कानुन हातमा लिएमा हामी छुट दिने पक्षमा छैनौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको