सिञ्जाका विद्यार्थीलाई सामग्री वितरण


जुम्ला, मङ्सिर ११ गते।

काठमाडौँ दक्षिणकालीस्थित लायन्स क्लब इन्टरनेशनलले सिञ्जाका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। क्लबका अध्यक्ष लायन प्रमोदकुमार पौडेल, द्वितीय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ, जोन सेयरपर्सन लायन सुन्दरकुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा डा लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको समूह सिञ्जामा आएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

झोला, स्यानिटरी प्याडलगायत सामग्रीमा विद्यार्थीलाई वितरण गरिएको क्लबका अध्यक्ष पौडेले जानकारी दिनुभयो। उहाँका अनुसार स्कुल व्याग चार सय थान, कापी १७ ग्रस, बलपेन एक हजार दुई सय पिस र स्यानिटरी प्याड नौ सय १३ प्याकेट गाउँपालिकाको रोहबरमा वितरण गरिएको हो। वितरण कार्यक्रममा मिडिया पाटनर बेल संचारको सहभागितामाथियो।

आगामी दिनमा पनि क्लब र सिञ्जा गाउँपालिका बीचको सम्बन्ध विस्तार गर्न क्लबको तर्फबाट थप कार्यक्रम सञ्चालन गर्ने क्लबका द्वितीय उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।

गाउँपालिकाका २२ विद्यालयअन्तर्गत १० प्रतिशतका आधारमा छनोट गरिएका चार सय सय विद्यार्थीलाई उक्त शैक्षिक सामग्री क्लबले उपलब्ध गरएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो। उहाँले क्लबका सम्पूर्णलाई पालिकाको तर्फबाट धन्यवाद समेत दिनुभयो। उहाँका अनुसार पालिका कार्यालयदेखि सबैभन्दा टाढा रहेको महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई उक्त सामग्री दिइने र बाँकी प्रत्येक विद्यालयबाट आवश्यकताका आधारमा १० प्रतिशतलाई दिइने छ।

सामग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रमुखलगायतको उपस्थिति रहेको सिञ्जा गाउँपालिकाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको