बससँग मोटरसाइकल ठोक्किँदा बर्दिबासको एक व्यपारिको मृत्यु


४ मंसिर , महोत्तरी । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका बाघमारामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

बा ४ ख ५९४८ नम्बरको बससँग र ज ११ प ९१७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका २ बस्ने अन्दाजी ४४ वर्षीय श्याम चौधरीको ज्यान गएको हो । चौधरीको बर्दिबास नगरपालिका स्थित सिटि केयर अस्पतालमा उपचारको क्रममा ज्यन गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिका २ बस्ने अरुण कुमार कर्ण घाइते भई बर्दिवासस्थित सिटि केयर अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बस र चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिको कारण मोटरसाइकललाई अनियन्त्रित भएर बसले ठोक्किएको प्ररम्भिक अनुसन्धानले बताएको छ ।बस चालक जिल्ला ललितपुर गोदावरी न पा ५ बस्ने बर्ष ३५ को स्याम कृष्ण सिजापति रहेको प्रहरीले बताए ।
मृत्क चौधरीको बर्दिबास चौक स्थित कमलामाई सुज सेन्टर पसल रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको