बर्दिवास ः मधेश प्रदेशकै पहिलो पालिका जस्ले भूकम्प पीडितलाई १२ लाख सहयोग रकम दिने घोषणा गरे


२१ कार्तिक, बर्दिवास । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ ।
भूकम्प पीडितको सहयोगका लागि बर्दिवास नगरपालिकाले १२ लाख सहयोग रकम दिने घोषणा गरेको हो ।


बर्दिवास नगरपालिकाले आईतवार एक पे्रस विज्ञायप्ती जारी गदै बर्दिवास नगरपालिका क्षेत्र भित्र कार्य क्षेत्र भएका सरकारी तथा गैर सरकारी संघ संस्थारु उधोग वाणिज्य संघ , नेपाल रेड क्रस सोसाईटी राजनितिक दल लगायत सम्पूर्ण सहयोगी परोपकारी संघ संस्था, क्लव र व्यक्तिहरुमा छलफलका लागि आग्रह गरेका थिए । सोही अनुसार सोमबार नगरपालिकामा बसेको बैठकले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिाम जिल्लाका ४ वटा स्थानिय प्रभावित भएको हुदाँ ति स्थानिय तहहरुलाई ३ लाख गरि १२ लाख रकम दिने निर्णय गरेको बर्दिवास नगरपाकिाका नगर प्रवक्त विजय कुमार महतोले जानकारी गराउनुभएको हो ।
यी जिल्लामा गएको भूकम्पको विपत्मा परी धनजनको क्षतिको विषयमा र सरकारले सञ्चालन गरेको उद्धार र राहतको बारेमा बर्दिवास नगरपासलकाले अग्रसर भुमिकामा रही सहयोग गर्ने प्रवक्त महतोले जानकारी गराएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको